काठमाडौं । कतारको राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अब्दुलकरिम हसन 'एएफसी बर्ष खेलाडी' घोषित भएका छन् ।
एसियाका उत्कृष्ट खेलाडी बन्दै अल सादका लेफ्ट ब्याक हसनले 'एएफसी बर्ष खेलाडी' जितेका हुन् । महिलातर्फ 'एएफसी बर्ष खेलाडी' चीनकी वाङ सुवाङ घोषित भईन् ।
एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले ओमानको मस्कटमा बुधबार राति एएफसी अवार्ड कार्यकममा हसन र सुवाङलाई एएफसी बर्ष खेलाडी अवार्डबाट सम्मानित गरेको छ ।
यस्तै एएफसी फुटसल बर्ष खेलाडी अवार्ड इरानका अलि अस्घर हसनजदेशले जिते । एएफसी अन्तर्राष्ट्रिय बर्ष खेलाडी अवार्ड जापानका माकोतो हासिबेले प्राप्त गरे ।
पुरुषतर्फ युवा बर्ष अवार्ड काजकिस्तानका तुर्की अल अम्मर र महिलातर्फ जापानकी सोरी ताकारादाले जितिन् ।
एएफसी बर्ष प्रशिक्षकको उपाधि पुरुषतर्फ जापानका गो ओइवा र महिलातर्फ जापानकै ओसाका ताकाकुराले हात पारेका छन् ।
त्यस्तै एएफसी प्रेसिडेन्ट स्पेसल अवार्ड जापानका फुकोसी इकेदा र थाइल्याण्डको गुफामा फसेर उद्दार गरिएका क्लब वाइल्ड बोअर एफसीलाई प्रदान गरिएको छ ।