एजेन्सी । पोर्चुगिज क्लब पोर्टो युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति जर्मन क्लब शाल्केलाई ३ - १ ले पराजित गर्दै पोर्टोले अन्तिम १६ को यात्रा तय गरेको हो ।
घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन इडर मिलिटाओ, जेसस कोरोना र मौसा मेर्गाले एक एक गोल गरे । शाल्केका नबील बेन्टालेबले पेनाल्टीमा एक गोल फर्काए ।
जितसंगै पोर्टोले समूह 'डी' मा ५ खेलबाट १३ अंक जोडेको छ । पराजित शाल्के पनि यस समूहबाट अन्तिम १६ मा पुगेको छ ।
यसै समूहको अर्को खेलमा लोकमोटिभ मस्कोले गालातासारेलाई २ - ० ले हराएपछि शाल्केले पनि नकआउट चरणमा स्थान बनाएको हो । शाल्केको ५ खेलबाट ८ अंक छ ।
४ अंक जोडेको गालातासारे र ३ अंक जोडेको मस्को बाहिरिएका छन् ।