एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा फ्रेन्च क्लब मोनाकोलाई २ - ० ले पराजित गर्दै एट्लेटिकोले अन्तिम १६ को यात्रा तय गरेको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित एट्लेटिकोलाई जित दिलाउन कोके र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे ।
पहिलो हाफको दोस्रो मिनेटमै कोकेले गोल गर्दै घरेलु टोलीलाई १ - ० को अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा ग्रीजम्यानले गोल गरेपछि पहिलो हाफमा एट्लेटिकोले २ - ० को अग्रता बनायो ।
दोस्रो हाफमा मोनाकोले गोल फर्काउने अवसर गुमायो । ८३ औं मिनेटमा पाएको पेनाल्टीमा राडमेल फल्काओले गोल गर्न सकेनन् । एट्लेटिकोका स्टेभेन साभिकले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा फल्काओले प्रहार बाहिरिएको थियो ।
पेनाल्टी अघि साभिकले दोस्रो पहिलो कार्डसहित रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । तर, मोनाकोले त्यसको फाइदा उठाउन सकेनन् र घरेलु खेल टोलीलाई २ - ० ले सुम्पियो ।
जितसंगै एट्लेटिकोले समूह 'ए' बाट ५ खेलबाट १२ अंक जोड्दै अन्तिम १६ को यात्रा तय गर्यो । १ अंक जोडेको मोनाको भने बाहिरिएको छ ।
यसै समूहबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति क्लब बर्गसंग गोलरहित बराबरी खेल्दै डर्टमण्डले नकआउट चरणमा स्थान बनाएको हो ।
दोस्रो स्थानको डर्टमण्डले १० अंक जोडेको छ । पाँच अंक जोडेर तेस्रो स्थानमा रहेको क्लब बर्ग बाहिरिएको छ ।