एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले प्रिमियर लिग क्लब लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा जुआन बर्नाट र नेयमारले गोल गरे । लिभरपुका लागि जेम्स मिल्नरले एक गोल गरे ।
पीएसजीलाई पराजित गर्दै नकआउट चरण पुग्ने अवसर लिभरपुललाई प्राप्त थियो । तर गत सिजन पराजित गरेको फ्रान्सेली क्लबको चुनौती लिभरपुलले यस पटक पार गर्न सकेन ।
खेलको १३ औ मिनेटमा बर्नाटको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । ३७ औ मिनेटमा नेयमारले पीएसजीको अग्रतालाई दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई खलमा फर्काउने कोशिश नगरेका होईनन् । तर दोस्रो हाफमा थप गोल हुन नसकेपछि पीएसजीले महत्वपुर्ण ३ अंक जोड्यो ।
चोटले गर्दा पछिल्लो समय मैदान बाहिर रहेका नेयमार र फ्रान्सेली स्टार एम्बाप्पेले लिभरपुलविरुद्व उत्कृष्ट आक्रमण बुनेका थिए ।
पीएसज ५ खेलबाट ८ अंक जोड्दै नकआउट चरण प्रवेशको नजिक छ । तेस्रो स्थानको लिभरपुलको ६ अंक छ । उसको समेत अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै छ ।
सिरि ए क्लब नापोली ९ अंक सहित समुहको शीर्ष स्थानमा छ ।