एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) विभिन्न समूहको ८ खेलहरु हुँदैछ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार समूह 'ए' देखी 'डी' का दुई/दुई खेलहरु हुनेछ ।
च्याम्पियन्स लिगमा आज युरोपका ठुला क्लबहरु बार्सिलोना, लिभरपुल, पेरिस सेन्ट जर्मेन (पिएसजी) लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।
च्याम्पियन्स लिगमा आज समूह 'सी' मा रहेको फ्रेन्च क्लब पिएसजी र इन्ग्लिश क्लब लिभरपुलले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
पिएसजीको मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । दुवै टोली निकै बलियो टोली रहेका छन् । लिभरपुलविरुद्ध पिएसजीका दुई स्टार नेयमार र केलीयन एमबाप्पे खेलमा फर्कदैछन् ।
यस समूहमा लिभरपुल ६ अंक जोडेर दोस्रो स्थानमा छ । पिएसजी ५ अंक जोडेर तेस्रो स्थानमा छ ।
यस समूहको शीर्ष स्थानमा नेपोली रहेको छ । नेपालीको ६ अंक छ । नेपोलीले आज रेड स्टार बेलग्रेडसंग खेल्नेछ ।
यस्तै समूह बि' मा रहेको स्पेनिस क्लब बार्सिलोनाले पीएसभीसंग खेल्दैछ । बार्सिलोना यसअघिनै नकआउट चरणमा पुग्न सफल भईसकेको छ । बार्सिलोनाले १० अंक जोडेको छ ।
यसै दोस्रो स्थानको इटालियन क्लब इन्टर मिलानले इन्ग्लिश क्लब टोटेनहमसंग खेल्दैछ । यस समूहको दुवै खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
समूह 'ए' अन्तर्गत एट्लेटिको मड्रिडले मोनाको तथा जर्मन क्लब बोरुसिया डर्टमण्डले क्लब बर्गसंग खेल्नेछ ।
समूह 'डी' अन्तर्गत गालातासारेले लोकमोटिभ मस्को तथा साल्केले पोर्टोसंग खेल्नेछ ।