काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा विभागीय टिम नेपाल आर्मी विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा विभागिय टिम आर्मीले मछिन्द्र फुटबल क्लबलाइ आठको बिरुद्ध दुई गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोमा जारी प्रतियोगिताको समुह चरणमा नेपाल आर्मीले २० गोल गरेको छ भने जम्मा तीन गोल खाएको छ । त्यस्तै मछिन्द्रले १४ गोल खाएर ४ गोल गरेको छ । आर्मीलाई जीत दिलाउन दुई ह्याट्रिक भए ।
कप्तान दिनेश हेम्जान र दिपेश आलेले ह्याट्रिक गरे भने सुनिल श्रेष्ठले एक गोल गरेका थिए । अर्को गोल उपहार स्वरुप पाएको थियो । मछिन्द्रको लागि सरद राई र सुजन लामाले समान एक एक फर्काए ।
जित सँगै प्रतियोगितामा अपराजित आर्मीको १२ अंक भएको छ । आर्मी समुह विजेताको रुपमा नकआउट चरण पुग्ने पहिलो टोली बनेको छ ।