एजेन्सी । लेष्टर सिटी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ६ - ५ गोल अन्तरले पराजित गर्दै लेष्टरले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
लेष्टरको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा लेष्टरले बाजी मार्यो ।
पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका मोनालोले गोल गर्न सकेनन् । जसको कारण साउथह्याम्पटनले क्वाटरफाइनलमा स्थान बनाउन सकेन् । ।
त्यसअघि खेलको ८६ औं मिनेटमा साउथह्याम्पटनले गोल गरेपनि भीएआर प्रविधिले गोलको मान्यता दिएको थिएन् । स्टेभेन डेभिसले गरेको गोललाई रेफ्रीले ह्याण्ड बल भएको कारण गोलको मान्यता दिएन । यस्तै साउथह्याम्पटनका माइकल ओबाफेमीले केहि गोलको सुनौलो मौका खेर फालेका थिए ।
अब लेष्टरले क्वाटरफाइनलमा म्यानचेस्टर सिटीसंग खेल्ने छ । दुई टोलीबीचको खेल डिसेम्बर १८ मा हुनेछ ।