एजेन्सी । कोपा लिबर्टाडोरेस अन्तर्गत बोका जुनियर्स र रिभर प्लेटबीचको दोस्रो लेगको खेल अर्जेन्टिना बाहिर हुने भएको छ ।
समर्थकहरुबीचको झडपको कारण दुई पटक खेल रोकिएपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसनले खेल अर्जेन्टिना बाहिर गर्ने निर्णय गरेको हो । खेल डिसेम्बर ८ र ९ मध्ये एक दिन हुनेछ ।
दुई टोलीबीचको पहिलो लेग २ - २ गोलको बराबरीमा सकिएको छ ।
गत शनिबार तय भएको खेलको दोस्रो लेग अघि समर्थकबीच दंगा मच्चिएपछि खेल स्थगित गरिएको थियो । त्यसपछि सोमबार तय गरिएपनि खेलाडी चढेको बसमा आक्रमण भएपछि खेल रोकिएको थियो ।
बोका जुनियर्सको टिम रहेको बसमा रिभर प्लेटका प्रशंसकले आक्रमण गरेका थिए । घटनामा केहि खेलाडी समेत घाइते भएका थिए ।
पहिलो पटक महादेशीय क्लब फुटबलको फाईनलमा एउटै देश अर्जेन्टिनाका दुई टोली भिड्न लागेका हुन् । कोपा लिबर्टाडोरेसलाई युरोपेली क्लब च्याम्पियन्स लिगसंग तुलना गरिन्छ ।