एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत ग्रीसको क्लब एथेन्स र डच क्लब आयाक्सबीचको खेलमा दुवै क्लबका समर्थकहरुबीच हिंसात्मक झडप भएको छ ।
मंगलबार राति एथेन्सको मैदानमा भएको खेल सकिएपछि समर्थकहरुबीच झडप भएको हो । उक्त खेल आयाक्सले २ - ० ले जितेको थियो । र, आयाक्स सन् २००५ पछि पहिलो पटक नकआउट चरणमा पुगेको छ ।
घरेलु टोलीविरुद्ध आयाक्सले जित निकालेको खेलमा दुवै क्लबका समर्थकहरु झडपमा उत्रिएका थिए । जसलाई नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मे हम्मे परेको थियो ।
झडपको क्रममा एथेन्सका समर्थकहरुले आयाक्स समर्थकहरुलाई पेट्रोल बम प्रहार गरेका थिए । जसमा केहि आयाक्स समर्थक घाइते भएको बताईएको छ । यस्तै एथेन्स समर्थकहरु पनि घाइते भएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएका छन् ।
यस घटनालाई युईएफएले छानबिन गर्ने जनाएको छ ।