काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) दुई खेल हुदैछ । पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ । चौथो चरणको अन्तिम दिन पहिलो खेलमा भिड्नेछन्, हिमालयन र मछिन्द्र ।
लिगको सुरुवाती नतिजालाई हेर्दा मछिन्द्र भन्दा हिमालयन शर्पा बलियो देखिन्छ ।
हिमालयन शेर्पा ३ खेलबाट ७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । उसले मात्र एक खेल गुमाएको छ भने दुई खेलमा जित निकालेको छ । यता, एक खेल गुमाएको मछिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । मछिन्द्र २ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।
खेल बिहान ११ बजे सुरु हुनेछ ।
आजै, हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली लिगका पुछारका टोली हुन् । संयोग, दुवै टोली अंक विहिन छन् । मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य अंक जोड्ने हुनेछ । जावलाखेल १३ औ स्थानमा रहदाँ फ्रेन्ड्स १४ औ स्थानमा छ ।
खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।