एजेन्सी । एक सर्वेक्षण अनुसार इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका खेलाडीले भन्दा म्यानचेस्टर युनाइटेडका खेलाडीले बढी कमाई गर्ने देखिएको छ ।
ग्लोबल स्पोर्ट्स सेलरी सर्भेले निकालेको डाटा अनुसार प्रिमियर लिग च्याम्पियन सिटीका खेलाडीको भन्दा आधा मिलियन पाउण्ड बढी युनाइटेडका खेलाडीले कमाई गरेको देखिएको छ ।
सर्भेको अनुसार सिटीले उपाधि जितेपनि खेलाडीहरुको तलबमा धेरै खर्च नगरेको जनाएको छ । जसको कारण सिटीका खेलाडीले कम कमाउने बताईएको छ ।
गत बर्षको डाटा अनुसार सिटीले औषत ५,९९,३०० पाउण्ड खेलाडीको तलबमा खर्च गरेको छ । तर, युनाइटेडले ६,५३४,६५४ पाउण्ड खर्च गरेको छ ।
यस्तै प्रिमियर लिगका अन्य क्लबमा चेल्सीले ५,०२०,००४ पाउण्ड खर्च गर्दा लिभरपुलले ४,८६२,९६३ पाउण्ड, आर्सनलले ४,८५३,१३० पाउण्ड र टोटेनहमले ३,५१५,७७८ पाउण्ड खर्च गरेको छ ।
औषतमा स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले सर्वाधिक कमाई गरिएको देखिएको छ । यस्तै खेलाडीको तलबमा सर्वाधिक खर्च गर्ने क्लब पनि बार्सिलोना रहेको छ । बार्सिलोनाले एक बर्षमा १० मिलियन पाउण्ड बढी खर्च गरेको छ । हरेक साता २०१,०४३ खर्च गर्ने बार्सिलोनाले एक बर्षका औषत १०,४५४,२५९ पाउण्ड खर्च गरेको छ ।
यस्तै खेलाडीको तलबमा सर्वाधिक खर्च गर्ने क्लबको दोस्रोमा स्पेनिस रियल मड्रिड रहेको छ । रियलले ८,०८९,५८२ पाउण्ड खर्च गरेको छ । तेस्रो स्थानमा रहेको इटालियन क्लब युभेन्ट्सले ६,७२६,६१५ पाउण्ड खर्च गरेको छ ।
यस्तै सर्वेक्षणले खेलाडीको तलबमा बढी खर्च गर्नेमा इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट समेत रहेको जनाएको छ । यस्तै नेसनल फुटबल लिग (एनफिएल) ले खेलाडीको तलबमा बढी खर्च गर्ने गरेको देखिएको छ ।