काठमाडौं । चितवन क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले मिलानो नेक्सस कप यू-१६ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा सोमबार चितवनले वेष्टर्न क्रिकेट एकेडेमी बुटवललाई ८९ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिङ रोजेको चितवनले प्रशान्त महतको १०२ रनको शतकीय इनिङससंगै २० ओभरमा ४ विकेट गुमाएर १७५ रन जोडेको थियो ।
चितवनले दिएको १७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवलले २० ओभर खेल्दै ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।
यस्तै दोस्रो खेलमा युनाइटेडले ओसिस क्रिकेट एकेडमीलाई १० विकेटले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको ओसिसले २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनाएको थियो । ओसिसले दिएको ९० रनको लक्ष्य युनाइटेडले १४ ओभर १ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो ।