काठमाडाै । छैटौ संस्करणको प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा विभागीय टिम एपीएफ र आर्मीले जित निकालेका छन् ।
सोमबार भएको खेलमा एपीएफले पुलिस र आर्मीले प्रदेश नम्बर २ लाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
आर्मीको भद्रकालीस्थित फु्टबल मैदानमा एपीएफले पुलिसलाई ३–० ले हरायो । अर्को खेलमा आर्मीले प्रदेश नम्बर २ लाई ४–० ले हरायो ।
एपीएफकी अनिता बस्नेत र आर्मीकी दीपा राई प्लेयर अफ दि म्याच घोषित भए ।
फाईनल खेल बुधबार दिउँसो १ बजे हुनेछ ।