काठमाडौं । नेदरल्याण्डका क्रिकेटर रायन टेन डोसेचले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा डोसेचले साबिकको उपविजेता भैरहवा ग्लाडीयटर्सबाट खेल्ने भएका हुन् । भैरहवाले सोमबार प्रेस विज्ञप्ति निकाल्दै डोसेचलाई अनुबन्ध गरेको जनाएको छ ।
ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार भैरहवाले डोसेचलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाईएको छैन् ।
ब्याटिङ अलराउण्डर डोसेच टी-ट्वान्टी क्रिकेटका अनुभवी खेलाडी हुन् । डोसेचले इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सबाट खेलिसकेका छन् । यस्तै डोसेचले बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिग समेत खेलिसकेका छन् ।
डोसेचले ३२० टी-ट्वान्टी खेलेका छन् । यस्तै डोसेचले १७४ पहिलो श्रेणीको क्रिकेट खेल्दा २१० लिष्ट र १० टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
यस्तै भैरहवाले युएईका मोहमद नाभी र भारतका रभी इन्दर सिंहलाई यस सिजन पनि क्लबमै राख्ने भएका छन् । दुबैले अघिल्लो सिजन भैरहवाबाट खेलेका थिए ।