एजेन्सी । अल ईन्डिया फुटबल फेडेरेशन एआईएफएफको अनुशासन कमिटिले जमशेधपुर फुटबल क्लबका फरवार्ड गौरव मुखीलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ । उमेर छलेको आरोपमा फुटबल फेडेरेशनले उनलाई ६ महिनाको प्रतिबन्ध लगाएको हो ।
मुखी इन्डियन सुपर लिगमा गोल गर्ने कान्छा खेलाडी हुन् । उनले १६ बर्षको उमेर बेन्चबाट मैदान छिर्दै जमशेधपुरका लागि गोल गरेका थिए ।
झारखण्डले सन् २०१५ मा नेस्नल फुटबल च्याम्पियनसिप खेल्दा उनी १६ बर्षका थिए । सन् २०१५ मा १४ बर्षको भए त्यसको ३ बर्षमा उनी १६ बर्षको हुन नसक्ने फुटबल फेडेरेसनको दाबी छ ।
भारतीय फुटबल फेडेरेसनले मुखीको उमेरको बिषयमा छानविन गर्दै सोधपुछका लागि बोलाएको थियो । लगत्तै उनलाई उमेर छलेको आरोपमा कारबाही गरेको हो ।