काठमाडौं । भैरहवा ग्लाडीयटर्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गरेको छ ।
आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलका लागि भैरहवाले यू-१९ क्रिकेट सदस्य कुशल मल्ल र युवा लेग स्पिनर अनिल खरेललाई छनोट गरेको छ ।
भैरहवाले सोमबार कुशल र अनिललाई छनोट गरेको जनाएको छ ।
ईपीएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ स्थानीय खेलाडी अनुबन्ध गर्नुपर्ने नियम बनाएको छ । जस अनुसार भैरहवाले दुई खेलाडी अनुबन्ध गरेको हो ।