काठमाण्डौं । ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिपमा आज दुई खेल हुदैछ । पहिलो खेलमा विभागीय टिम आर्मी र मछिन्द्र क्लब तथा दोस्रो खेलमा लुम्बिनी फुटबल क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्समा हुनेछ ।
समुह एको अन्तिम चरणमा भिड्न लागेका आर्मी र मछिन्द्रको खेल मात्र औपचारिकतामा सिमित छ । आर्मी समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरिसकेको छ । मात्र एक अंक बटुलेको मछिन्द्र प्रतियोगिताबाट बाहिरिसकेको छ । खेल दिउँसो एक बजे सूरु हुनेछ ।
अर्को खेलमा प्रि क्वार्टरफाईनल पुग्ने सम्भावना भएका लुम्बिनी र सरस्वती प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले जित हासिल गरेमा उसले नकआउट चरणमा प्रवेश गर्नेछ । सरस्वतीलाई समेत अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न जित्न पर्ने दबाब छ ।
तालिकामा लुम्बिनीको ४ र सरस्वतीको ३ अंक छ । दुवैको बराबरीले न्युरोड टिम एनआरटीले नकआउट चरणमा स्थान बनाउनेछ ।