काठमाडौं । नेपाल, भारत र श्रीलंकाका तीन क्लबबीच 'प्राईम टाईम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज काठमाडौंमा हुने भएको छ ।
महाकाली स्पोर्टस सोसाइटी र नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै सिरिज माघको पहिलो साता हुने जनाएको छ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिज माघ १ गतेबाट १० गतेसम्म आयोजना हुनेछ ।
प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा हुने सिरिजमा नेपालबाट नेपाल राईनोजले प्रतिस्पर्धा गर्नेछ । नेपालको नेतृत्व मञ्जीत श्रेष्ठले गर्नेछन् । यस्तै दिनेश कुमारको कप्तानीमा भारतीय टिम सिडब्लुटी क्लबले सहभागिता जनाउदा श्रीलंकाको कन्दुकार क्लब सानुख धनन्जयको कप्तानी मैदान उत्रने छन् ।
प्रतियोगिताको पुरस्कार राशी भने अर्को पटक सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।