एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले वाट्फोर्डलाई पराजित गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित लिभरपुलले वाट्फोर्डलाई ३ - ० ले हराएको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाह, एलेक्जेन्डर आर्नोल्ड र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।
घरेलु टोलीले लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा उक्त प्रदर्शन दोहोर्याउन सकेनन् । जसको फाइदा लिभरपुलले उठायो ।
खेलको ६७ औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनायो । खेलको ७६ औं मिनेटमा आर्नोल्डले लिभरपुलको अग्रता दोब्बर बनाए ।
खेलको ८२ औं मिनेटमा जोर्डन हेन्डरसनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । तर, वाट्फोर्डले फाइदा लिन सकेन् ।
त्यसपछि खेलको ८९ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३ - ० को सहज जित दिलाए ।
जितसंगै लिभरपुलले लिगको दोस्रो स्थानमा आफ्नो पकड कायम राखेको छ । लिभरपुलले १३ खेलबाट ३३ अंक जोडेको छ ।
वाट्फोर्ड २० अंक जोडेर नवौं स्थानमा छ ।