एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले वेष्ट ह्याम युनाइटेडलाई ४ - ० ले हराएको हो ।
वेष्ट ह्यामको मैदानमा सिटीलाई जित दिलाउन लोरी सानेले दुई तथा डेभिड सिल्भा र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।
पहिलो हाफमै ३ - ० ले अग्रता बनाएको सिटीले खेलको ११ औं मिनेटमा सिल्भाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
खेलको ३४ औं मिनेटमा सानेले गोल गर्दै सिटीको अग्रता ३ - ० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा सानेले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४ - ० को जित दिलाए ।
जितसंगै साविकको बिजेता समेत रहेको सिटीले शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । सिटीले १३ खेलबाट ३५ अंक जोडेको छ । पराजित वेष्ट ह्याम १२ अंक जोडेर १३ औं स्थानमा छ ।