काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र प्रदेश नम्बर-२ ले राजधानीमा जारी प्रधान सेनापति छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।
जङ्गी अड्डास्थित खेल मैदानमा शनिबार पुलिसले भारतको सिक्किमलाई ४ - १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिसका लागि निर्मला उपाध्यायले उत्कृष्ट प्रदर्शन गरिन् ।
यस्तै प्रदेश नम्बर-२ ले भारतको बिहार टाउन स्पोर्टिङ्ग महिला फुटबल क्लबलाई ५ - ० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलमा प्रदेश नम्बर -२ का लागि रश्मी कुमारी घिसिङले ।
अब सेमिफाइनलमा पुलिसले एपीएफसंग प्रतिस्पर्धा गर्दा प्रदेश नम्बर-२ ले त्रिभुवन आर्मी क्लबसंग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ३ लाख दोस्रो पाउने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार र सेमिफाइनल पुग्ने २ टोलीले ५०–५० हजार पुरस्कार पाउने छन् ।