काठमाडौं । बंगलादेशकी कप्तान सबिना खातुन छैटौं संस्करणको महिला साफ महिला च्याम्पियनसिप फुटबलको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएकी छन् ।
बंगलादेशलाई छैटौं संस्करणको साफको उपाधि दिलाउन सफल कप्तान सबिना मोस्ट भ्यालुएबल घोषित भएकी हुन् ।
सोमबार भएको फाइनलमा नेपाललाई ३-१ ले हराएर बंगलादेश च्याम्पियन बनेको थियो ।
सबिना प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनिन् । सबिनाले ८ गोल गरेकी थिइन् ।
यस्तै उत्कृष्ट गोलकिपर पनि बंगलादेशकै रुप्ना चक्मा घोषित भईन् ।
बंगलादेशले प्रतियोगिताको फेयर प्ले अवार्ड समेत प्राप्त गर्यो ।