एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले कप्तान सर्जियो रोमोसले च्याम्पियन्स लिगको फाइनल दौरान प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) को नियम उल्लङ्घन नगरेको जनाएको छ ।
कप्तान रामोसले प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) गरेको समचार बाहिरिएपछि रियलले प्रेस विज्ञप्ति निकाल्दै रामोसले डोपिङको नियम कहिल्लै उलंघन नगरेको बताएको हो ।
'सर्जियो रामोसले कहिल्लै एन्टी डोपिङको नियम उलंघन गरेका छैनन्,' रियल मड्रिडले भनेको छ, 'एन्टी डोपिङ एजेन्सी र युईएफले प्रमाणित गरेपछि युईएफएले यस बिषयलाई तत्काल रोक्न अनुरोध गरेको छ ।'
जर्मन म्यागजिन डेर स्पिगेलले कार्डिफमा भएको फाइनलमा रामोसले प्रतिबन्धित औषधि प्रयोग गरेको दाबी गरेको थियो । उक्त फाइनलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई ४ - १ ले हराएको थियो । ३२ बर्षीय स्पेनिस रामोसले उक्त खेल ९० मिनेट नै खेलेका थिए ।
गत सिजनको च्याम्पियन्स लिग जित्दै रियलले लगातार चौथो पटक उपाधि जितेको थियो ।