काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी प्रधान सेनापति छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम केन्द्रमा शुक्रबार आर्मीले प्रदेश नम्बर - ७ लाई ८–० ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो । आर्मीको जितमा उत्कृष्ट प्रदर्शन गरेकी कृष्णा खत्री प्लेयर अफ दि म्याच चुनिईन् ।
यस्तै सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपछि एपीएफले प्रदेश नम्बर-३ लाई १० - ० ले पराजित गर्यो । एपीएफको जितमा उत्कृष्ट प्रदर्शन गरेकी सावित्रा प्लेयर अफ दि म्याच बनिन् ।
प्रतियोगिता अन्तर्गत शनिबार भारतको बिहार र प्रदेश नम्बर-२ तथा नेपाल पुलिस क्लब र सिक्किमबीच खेल हुने आयोजक नेपाली सेनाले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३ लाख दोस्रो पाउने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार र सेमिफाइनल पुग्ने २ टोलीले ५०–५० हजार पुरस्कार पाउने छन् ।