काठमाडौं । 'सी' डिभिजन क्लब प्लानिङ ब्वाइज क्लबले प्रथम प्रकाश स्मृति कप फुटबलको उपाधि जितेको छ ।
दोलखाको चरीचोटमा शुक्रबार भएको फाइनलमा प्लानिङ ब्वाइजले दोलखा फुटबल एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्याे ।
नेकपा कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वर्गीय पुत्र प्रकाश दाहालको स्मृतिमा भएको प्रतियोगितामा प्लानिङका लागि सविन खड्का र विदेशी खेलाडी सेगुनले एक एक गोल गरे । त्यस्तै उपविजेतामा दोलखाका लागी विमल श्रेष्ठले एक गरेका थिए ।
उपाधिसंगै प्लानिङले २ लाख ५० हजार नगद प्राप्त गरेको छ । उपविजेता दोलखाले १ लाख २५ हजार प्राप्त गर्याे ।
प्रतियोगितामा प्लानिङ ब्वाइजका गोलकिपर विष्णु केसि उत्कृष्ट गोलकिपर धोषित भए । उनले रु १० हजार प्राप्त गरे ।