काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ ।
कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।
![May be an image of 7 people, people standing and outdoors](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/306793096_385422013750290_1821573835637976148_n.jpg?_nc_cat=110&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=1ZWzpI06HRwAX--OtVP&tn=MmWWLVVrfX4XWb1O&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AT8K0F3c_1Zg_VsS9UYQ5I2JwmA-BFBEwDBREhTiWZ9bxw&oe=6323E1E1)
खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दा नेपालको अग्रता २-० गोलको बन्यो ।
३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई तेब्बर अग्रता दिलाए ।
खेलको ३८ औं मिनेटमा निरोजले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा सिजलले गोल गर्दै नेपाललाई ६-० को जित दिलाए ।
![May be an image of 2 people, people playing football, people standing and grass](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/306520419_385421960416962_8003286731382878093_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=U23yfNWVTo0AX-DeHA2&tn=MmWWLVVrfX4XWb1O&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AT8SRlffG-A4DvemaQNQRuCcI_Q3IqaFXyXg46_Su24miA&oe=632502AB)
अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।
पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएर फाइनलमा स्थान बनाईसकेको छ ।
समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।