एजेन्सी । बार्सिलोनाका लिजेण्ड जाभीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी स्टार नेयमार पुर्व क्लबमा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।
पीएसजीका सुपरस्टार नेयमार पुर्व क्लब बार्सिलोनासंग सम्पर्कमा आईरहेको समय क्लबका पुर्व सहकर्मी जाभीले उनी ला लिगा च्याम्पियन क्लबमा नफर्कने बताएका हुन् ।
नेयमार यति बेला पीएसजीमा दोस्रो सिजन बिताईरहेका छन् । उनले सन् २०१७ मा क्याम्प नेउ छाडेका थिए । तर २६ बर्षका स्ट्राईकर यति बेला बार्सिलोना फर्कने खबर सार्वजनीक भईरहेको छ ।
ब्राजिली सुपरस्टार नेयमारले अन्तराष्ट्रिय बिश्रामको समय बार्साका सल्लाहकार एन्ड्री क्युरीसंग भेटवार्ता गरेका थिए । बार्सिलोनाबाट ८ पटक स्पेनिस लिग र चार पटक च्याम्पियन्स लिग जितेका जाभीले नेयमार पुर्व क्लबमा फर्कने सक्ने सम्भावनालाई अस्विकार गरिदिएका छन् ।
‘मैले यो हेरेको छैन्, मलाई लाग्छ यो प्रक्रियाले अन्तिम रुप पाउदैन । यो कुनै कोणबाट समेत सम्भव देख्दिन ।’ जाभीले भनेका छन् ।
‘मैले धेरै पत्रिका पढ्छु । फुटबल सम्बन्धि सबै जानकारी लिईरहेको हुन्छु । तर नेयमार बार्सिलोना फर्कने सम्भावना शुन्य छ ।’ उनले भनेका छन् । नेयमारले पीएसजीमा यस सिजन १६ खेलमा १३ गोल गरेका छन् । उनी अहिले फ्रान्सेली पावर हाउस पीएसजीमा रमाईरहेका छन् ।
जाभीले ब्राजिली स्टार नेयमार, रोनाल्डो र लियोनल मेस्सीको स्तरमा पुग्न सक्ने समेत बताए । ‘उनी काममा परिपक्क भएको खण्डमा उनी मेस्सी र रोनाल्डोको नजिक पुग्न सक्छन् ।’ उनले थपे, ‘उनी यसको लायक छन् । तर यो सबै उनैमा निर्भर छ ।’