काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ । समुह चरणको तेस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा जित हात पार्दै मनाङले महत्वपुर्ण तीन अंक जोडेको छ ।
पछिल्लो जितसंगै मनाङको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै रहेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङको जितमा विश्व लामाले ह्याट्रिक गरे ।
१८ औ मिनेटमा मनाङलाई अग्रता दिलाएका उनले ५३ औ मिनेटमा दोस्रो र ७५ औ मिनेटमा ह्याट्रिक पुरा गरे । १८ टोली सहभागि प्रतियोगिताको विजेताले उपाधि सहित तीन लाख रुपैया प्राप्त गर्नेछ ।