काठमाडौं । एएफसी कप फुटबलको समूह चरणको 'ड्र' सार्वजनिक भएको छ । एसियन फुटबल फेडेरेसन एएफसीले बिहिबार सन् २०१९ को एएफसी कपका लागि समूह चरणको 'ड्र' सार्वजनिक गरेको हो ।
एएफसीले निकालेको ड्र अनुसार नेपालको 'ए' डिभिजन लिग विजेता क्लब समूह 'इ' मा परेको छ । जहाँ भारत, बंगलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
भारतबाट भने मिनेर्भा पन्जाबले खेल्ने छन् । बंगलादेशबाट खेल्ने टोलीको तय भएको छैन ।
एएफसी कप खेल्ने नेपाली क्लबको तय भएको छैन । राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको विजेताले खेल्नेछ ।
नेपालबाट अघिल्लो पटक थ्री स्टारले प्रतिस्पर्धा गरेको थियो ।
एएफसीले ३६ राष्ट्रका लिग विजेता क्लबलाई ९ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो ।