काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीचको खेलमा च्यासलका फरवार्ड विमल घर्ति मगर म्यान अफ दि म्याच चुनिएका छन् ।
ललितपुरको एन्फा कम्प्लेक्समा बिहिबार च्यासललाई जित दिलाउन विमलले उत्कृष्ट प्रदर्शन गरेका थिए । च्यासलले एनआरटीलाई ५–१ गोल अन्तरले पराजित गर्दा विमल घर्ति मगरले दुई गोल गरेका थिए ।
जारी लिगमा विमलले तेस्रो खेलमा आएर क्लबका लागि गोल गरेक हुन् ।
जितपछि च्यासलले ३ खेलबाट तालिकामा ४ अंक जोडेको छ । एनआरटीको एक अंकमात्र छ ।