एजेन्सी । इंग्लिश फुटबल एसोसियसन (एफए) ले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई कारबाही गर्ने चेतावनी दिएको छ । खेल अगाबै रेफ्रीको बिषयमा बोलेको भन्दै कारबाहीको चेतवानी दिएको हो ।
प्रशिक्षक ग्वार्डिओलाले दुई साताअघि म्यानचेस्टर डर्बी भिडन्तअघि रेफ्री एन्थोनी टेलरको बारेमा बोलेका थिए । उनले म्याच रेफ्री छनोटबारे आपत्ति जनाएका थिए । उक्त डर्बी भिडन्त सिटीले ३ - १ ले जितेको थियो ।
एफएले ग्वार्डिओलाले आफ्नो नियम उलंघन गरेको जनाएको छ । यस्तै एफएले कारबाही स्वरूप जरिवाना गराउने बताएको छ ।
यसअघि सन् २०१६ मा एफएले रेफ्री छनोटबारे बोलेको भन्दै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होलाई जरिवाना गराएको थियो ।