एजेन्सी । युईएफए नेसन्स लिगमा खराब प्रदर्शन गरेपछि आयरल्याण्डका मुख्य प्रशिक्षक मार्टिन ओ'निल र सहायक रोय किनले पद छाडेका छन् ।
नेसन्स लिगमा आयरल्याण्ड रेलिगेसनमा परेपछि प्रशिक्षक ओ'निल र सहायक किनले प्रशिक्षक पद छाडेका हुन् ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले फुटबल एसोसियसन अफ आयरल्याण्डसंगको सहमतिमै दुवैले प्रशिक्षक पद छाडेको जनाएको छ।
नेसन्स लिगको लिग 'बि' मा रहेको आयरल्याण्डले २ अंक मात्र जोडेको थियो । र, लिग 'सी' मा घटुवा भएको थियो । मंगलबार राति आयरल्याण्डले अन्तिम खेलमा डेनमार्कसंग गोलरहित बराबरी खेलेको थियो ।
ओ'निल र किनले पछिल्लो पाँच बर्षयता आयरल्याण्ड टिम हेर्दै आइरहेका थिए । दुवै जना सन् २०१३ मा आयरल्याण्डका प्रशिक्षक नियुक्त भएका थिए ।