एजेन्सी । स्विडेन युईएफए नेसन्स लिगको लिग 'ए' मा बढुवा भएको छ । मंगलबार राति भएको खेलमा रुसलाई २ - ० ले हराउदै स्विडेन बढुवा भएको हो ।
घरेलु मैदानमा भएको खेलमा स्विडेनलाई जित दिलाउन भिक्टोर लिन्डेलोफ र मार्कुस बर्गले एक एक गोल गरे ।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको रुसविरुद्ध स्विडेनले खेलको ४१ औं मिनेटमा लिन्डेलोफको गोलबाट अग्रता बनाएको थियो । त्यसपछि खेलको ७२ औं मिनेटमा मार्कुसले गोल गर्दै स्विडेनलाई २ - ० को जित दिलाए ।
जितसंगै स्विडेनले लिग 'बि' समूह २ बाट लिग 'ए' बढुवा भएको छ । लिगको शीर्ष स्थानमा रहेको स्विडेनले ४ खेलबाट ७ अंक जोड्यो । समान खेलबाट समान ७ अंक जोडेपनि रुस गोल अन्तरमा पछि पर्दै बढुवा हुनबाट बन्चित भएको छ ।
यस समूहमा ३ अंक जोडेको टर्की रेलिगेसमा परेको छ ।