एजेन्सी । स्कटल्याण्डले नेसन्स लिग फुटबलमा इजरायललाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा इजरायललाई ३ - २ ले पराजित गरेको हो ।
स्कटल्याण्डको जितमा जेम्स फोरेस्टले ह्याट्रिक गरे । इजरायलका बेरम कायल र इरण जहाभीले एक एक गोल फर्काए ।
घरेलु मैदानमा सुरुवाती अग्रता निकाल्दै स्कटल्याण्डले जित निकालेको हो । यो जितसंगै स्कटल्याण्ड लिग 'सी' बाट 'बि' लिगमा बढुवा भएको छ ।
यस्तै स्कटल्याण्डले सन् २०२० को युरोकप फुटबलको छनोटको प्ले अफमा स्थान बनाएको छ ।
यस समूहमा स्कटल्याण्डले ४ खेलबाट ९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इजरायलले ६ अंक जोडेको छ ।