एजेन्सी । विश्व विजेता फ्रान्सले मैत्रिपुर्ण फुटबल खेलमा उरुग्वेलाई पराजित गरेको छ । पेरिसमा भएको खेलमा घरेलु टोलीले दक्षिण अमेरिकी देश उरुग्वेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सको जित ओलिभर जिराउडले ५२ औ मिनेटमा पेनाल्टीमा गोल गरे ।
खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले चोट बोकेका थिए । उनले काँधमा चोट बोक्दै खेलकाे ३६ औ मिनेटमा मैदान छाडेका थिए ।
चोटका कारण पाउल पोग्बा र एन्थोनी मार्टियल फ्रान्सेली टोलीमा अनुपस्थित थिए । गए रातिनै भएको खेलमा पीएसजीका अर्का स्टार नेयमारले समेत मांसपेशीमा चोट बोकेका थिए ।
नेसन्स लिगको फाईनल चरणमा पुग्न असफल भएको फ्रान्सले लिग 'ए' समूह वानमा दोस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।