एजेन्सी । डेनमार्क र नर्वे युईएफए नेसन्स लिग फुटबलको लिग 'ए' मा बढुवा भएका छन् । सोमबार रातिको लिग चरणका अन्तिम खेलमा खेलसंगै डेनमार्कले लिग 'ए' र नर्वेले लिग 'बि' स्थान पक्का गरेका हुन् ।
लिग 'बि' मा रहेको डेनमार्कले सोमबार राति आइसल्याण्डसंग गोलरहित बराबरी खेलेको थियो । आइसल्याण्डविरुद्ध एकतर्फी पकड जमाएपनि डेनमार्कले गोल गर्न सकेनन् । तर, लिग 'बि' शीर्ष स्थानमा रहदै डेनमार्क बढुवा भएको छ ।
डेनमार्कले ४ खेलबाट ८ अंक जोड्यो । यस समूहमा ६ अंक जोडेको वेल्स दोस्रो स्थानमा रह्यो । ४ खेलबाट २ अंक जोडेको आइसल्याण्ड भने रेलिगेसन हुँदै लिग 'सी' मा झरेको छ ।
यस्तै लिग 'सी' मा रहेको नर्वेले सोमबार राति साइप्रसलाई २ - ० ले पराजित लिग 'बि' स्थान बनाएको छ ।
नर्वेले साइप्रसलाई उसैको मैदानमा हराएको हो । नर्वेको जितमा ओला कमाराले दुवै गोल गरे । यस्तै खेलमा अन्तिम समय दुवै टिम १०/१० खेलाडीमा समेटिएको थियो । साइप्रसका भ्यालेन्टिनो र नर्वेका मोहमदले रातो कार्ड खादै मैदान छाडेका थिए ।
साइप्रसविरुद्धको जितसंगै नर्वेले ६ खेलबाट १३ अंक जोड्दै लिग 'बि' को यात्रा तय गर्यो । समूहको तेस्रो स्थानको साइप्रस भने ५ अंक जोडेर लिग 'सी' मै रह्यो ।
यस समूहबाट ११ अंक जोडेको बुल्गेरिया लिग 'सी' मै रहदा ३ अंक जोडेको स्लोभानिया भने रेलिगेसनमा परेको छ ।