एजेन्सी । स्पेनिस टिमका मुख्य प्रशिक्षक लुईस एनरिकेले खेलाडीको प्रर्दशनबाट खुसी र सन्तुष्ट रहेको बताएका छन् । नेसन्स लिग फुटबलमा सेमिफाईनल पुग्न असफल भएपनि मुख्य प्रशिक्षक एनरिकेले स्पेनिस टोलीको प्रर्दशनमा सन्तुष्टि ब्यक्त गरेका हुन् ।
विश्वकपबाट बाहिरिएपछि युवा खेलाडीले प्रर्दशनमा सुधार गरेको भनाई छ ।
रुसी विश्वकपमा फर्नाल्डो हायरोको नेतृत्वमा खेलेको स्पेनले लगत्तै टिमको मुख्य प्रशिक्षकमा ईनरिकेलाई नियुक्त गरेको थियो । विश्वकपको पुर्वसन्ध्यामा उसले जुलेन लुपेटिगुईलाई बर्खास्त गरेको थियो ।
एनरिकेको नेतृत्वमा स्पेनले सुरुवाती दुई खेलमा जित निकालेको थियो । इङ्ल्याण्ड र क्रोएसिया सम्मिलित नेसन्स लिगमा भने सेमिफाईनल पुग्न सकेन । समुहमा ईङ्ल्याण्डले अघिल्लो चरणमा स्थान बनाउँदा क्रोएसिया रेलिगेशनमा पर्यो ।
स्पेन दोस्रो स्थानमा रहन सफल भयो । स्पेनले गत रातिमात्र बोस्निया हर्जगोभिनाविरुद्वको खेलमा १–० को जित निकाल्यो ।
‘म आफ्नो ६ खेलको सकारात्मक मुल्याङ्क गर्छु । मलाई पहिल्यैबाट थाहा थियो, खेलाडीले मलाई सबै चिज दिएका छैनन, जुन मैले मागेको थिए । तर उनी सबैको ब्यवहारबाट म खुसी छु ।’ उनले थपे, ‘म खसी छु र सन्तुष्ट पनि ।’ उनले भने ।