काठमाडौं । पल्सर सहिद स्मारक 'ए' लिग फुटबल अन्तर्गत अहिले ब्रिगेड ब्वाईज क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले १ - ० को अग्रता बनाएको छ ।
कप्तान बिक्रम लामाले पुनरागमन गरेको खेलमा थ्री स्टारले पेनाल्टीबाट सुरुवाती अग्रता बनाएको हो । चोटका कारण करिब ८ महिना मैदान बाहिर रहेका बिक्रम ब्रिगेडविरुद्धको खेलसंगै मैदान फर्किएका हुन् ।
खेलको नवौं मिनेटमा रजिन धिमालले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका हुन् । ब्रिगेड ब्वाईजका खेलाडीले निराजन खड्कालाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा रजिनले गोल गरेका हुन् ।
यस्तै खेलको ३० औं मिनेटमा थ्री स्टारका सुनिल बलले गोल गर्ने मौका खेर फालेका थिए । यस्तै खेलको ४१ औं मिनेटमा अजयी मार्टीनले प्रहार गरेको हेड बल ब्रिगेडका किपर आकाश रानाभाटले उत्कृष्ट बचाऊ गरे ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो खेलमा थ्रीस्टारले फ्रेन्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेट ब्वाईजले मनाङसंग पराजय व्यहोरेको थियो ।