काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा करिब ८ महिनापछि मैदान फर्किएका छन् ।
खुट्टाको चोटका कारण ८ महिना मैदान बाहिर रहेका बिक्रम आइतबार पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग खेल्दै मैदान फर्किएका हुन् ।
थ्री स्टार क्लबका बिक्रम अहिले जारी लिग अन्तर्गत ब्रिगेड ब्वाईजविरुद्ध मैदान उत्रदै मैदान फर्किएका हुन् । फुटबल मैदानमा पुनरागमन गरेको खेलमा थ्री स्टारले उनलाई कप्तानी दिएको छ ।
गत बर्षको अन्तिममा बुढासुब्बा गोल्डकपको फाईनलमा बिक्रमले पुलिसविरुद्धको खेलमा चोट बोकेका थिए । विपक्षी खेलाडीसंग ठोक्किदाँ उनको खुट्टा भाँचिएको थियो । लगत्तै उनलाई काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।