काठमाडौं । सिएमजी क्लबको भेट्रान टिमले भारतको गुवाहाटीमा जारी पाँचौं अन्तराष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा काक्रझार गुवाहाटी आसामलाई १ - ० ले हराएर सिएमजीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । सिएमजीको जितमा बाल गोपाल महर्जनले निर्णायक गोल गरे ।
युनाइटेड ब्रदर्स क्लबको आयोजनामा जारी च्याम्पियनसिपमा सिएमजीले आइतबार सेमिफाइनल खेल खेल्ने छ । च्याम्पियनसिपको फाइनल खेल आइतबार नौ हुनेछ ।
च्याम्पियनसिपको विजेताले ५० हजार भारतीय रुपैया पाउने छन् । यस्तै उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता पनि पुरस्कृत हुनेछन् ।