काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबविरुद्व खेलमा अग्रता बनाएको छ ।
काठमाडौंको हलचोकस्थित एपीएफको खेल मैदानमा पहिलो हाफको खेल सकिदाँ आर्मीले १–० को अग्रता लिएको हो ।
खेलको २७ औ मिनेटमा आर्मीका विकास खवासले गोल गरेका हुन् । उनले कर्नर बलमा हेड गोल गरेका थिए ।
खेलको १४ औ मिनेटमा च्यासलका अमिर श्रेष्ठले गरेको कडा प्रहार आर्मीका विकेश कुथुले रोकेका थिए । पहिलो हाफको अन्तिममा आर्मीका भरत खवास गोल गर्न चुके । उनले डिबक्स क्षेत्रबाट हानेको बल पोस्टको केही ईन्च माथिबाट बाहिरिएको थियो ।
समूह चरणको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका थिए । च्यासलको जर्सीमा घरेलु फुटबलका सर्वाधिक सफल फुटबलर सन्तोष साहुखल उत्रिएका छन् ।