काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सशत्र प्रहरीको एपीएफ मैदान हल्चोकमा दुवै टोली जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएका छन् ।
शारिरिक रुपमा बलियो आर्मी र प्राविधिक रुपमा स्तरीय च्यासल दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछन् ।
लिगको उद्घाटन खेलमा बलियो मानिएको आर्मीले न्युरोड टिम एनआरटीसँग २–२ गोलको बराबरी खेलेको थियो । च्यासल युथ क्लब पनि मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
राष्ट्रिय टिमका खेलाडीले भरिएका दुवै टोलीले मैदानमा ३ अंक प्राप्तीका लागि संघर्ष गर्ने बताएका छन् । आर्मीमा भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथु जस्ता खेलाडी छन् । च्यासलमा विमल घर्ति मगर, हेमन्त थापा मगर र देवेन्द्र तामाङ जस्ता खेलाडी समावेश छन् ।
च्यासलविरुद्ध मैदान उत्रनुअघि आर्मीका प्रशिक्षक नविन न्यौपानेले च्यासललाई कमजोरनआँक्ने बताएका छन् ।
'हामीले पहिलो खेलमा धेरै गल्ती गर्याै । च्यासललाई कमजोरी सोच्ने गल्ती हुने छैन । भर्खरै उसले मोफसलमा च्याम्पियन भएर आफुलाई सिद्ध गरिसकेको छ,' प्रशिक्षणक न्यौपानेले भने ।