एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । शनिबार भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २ - ० ले हराएको हो ।
घरेलु मैदानमा कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन रामिरो फुनेस मोरीले एक गोल गरे । एक गोल मेक्सिकोका इसाक ब्रिजुएलाले आत्मघाती गरेका थिए ।
कप्तान मेस्सीले रुस विश्वकप पछि अर्जेन्टिनाको टिमबाट खेलेका छैनन् ।
तर, मेस्सीबिना खेलेको अर्जेन्टिनाले खेलको ४५ औं मिनेटमा मोरीले गोलबाट सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ८३ औं मिनेटमा ब्रिजुएलाले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले २ - ० को जित निकाल्यो ।
मैत्रीपूर्ण खेल अन्तर्गत अन्य खेलमा कोष्टा रिकाले चिलीलाई ३ - २ ले हराएको छ । होन्डुरसले पानामालाई १ - ० ले पाखा लगायो ।