एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले समर्थकको मन लोभ्याउने नयाँ जर्सी सार्वजनिक गरेको छ । बार्सिलोनाले आकर्षक डिजाइनको नयाँ जर्सी सार्वजनिक गरेको छ ।
बार्सिलोनाले चर्चित रंगहरु निलो, कलेजी र रातो मिश्रित जर्सी सार्वजनिक गरेको हो । जसलाई पुरानो जर्सीसंग मिल्दो जुल्दो बनाईएको छ ।
बार्सिलोनाले खेलकुद पोशाक उत्पादक कम्पनी नाइकीसंगको सहकार्य २० बर्ष पुगेको उपलक्ष्यमा नयाँ जर्सी निर्माण गरेको हो । बार्सिलोनाले सन् १९९८ बाट नाइकीसंग सहकार्य गर्दै आइरहेको छ ।
तर, यस जर्सी सीमित संस्करणका लागि मात्र उपलब्ध हुनेछ । यस जर्सी मैदानमा प्रयोग हुने छैन । खेलाडीहरुले खेल बाहेक अन्य प्रायोजनमा भने लगाउने बताईएको छ ।
समर्थकहरुको लागि भने यस जर्सी उपलब्ध हुनेछ । समर्थकहरुका लागि यस जर्सी आगामी नोभेम्बर २१ बाट बजारमा उपलब्ध हुनेछ ।
बार्सिलोनाले यसअघि पनि फरक फरक समयमा सिमित संस्करणको जर्सीहरु निकाल्दै आएको छ ।