काठमाडौं । साहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणका खेल शनिबार सुरु हुँदैछ ।
बंगबन्धु गोल्डकप र दशै, तिहार र छठ् जस्ता चार्डपर्वले स्थगित गरिएको लिगका बाँकी खेल सुरु हुन लागेको हो । असोज १३ गतेबाट सुरु भएको लिगमा पहिलो चरणका खेलमात्र समाप्त भएका छन् ।
सहभागि क्लब पहिलो खेलमा आफ्नो प्रभाव जनाउन असफल रहे । सबै क्लबले अपेक्षा अनुसारको प्रर्दशन गर्न सकेनन् । तर, केही साना क्लबले उपाधि दाबेदार टोलीलाई कडा टक्कर दिएर अंक खोस्न सफल भए ।
शनिबार सुरु हुने ए डिभिजन लिगको पुर्व सन्ध्यामा क्लबका प्रशिक्षकले एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेको धारणाको सम्पादित अंश ।
न्युरोड टिम एनआरटी : महेश्वर मुल्मी
पहिलो खेलमा हामीलाई रेफ्रीले नभएको पेनाल्टी थियो । अन्तिम समयमा नहुने फल लियो । त्यसले गर्दा विवाद भयो । तर अहिलेसम्म एन्फाले ठोस निर्णय लिएको छैन ।
क्लबका खेलाडीले नियमित तयारी गरेका छन् । कावासोतीमा खेलेर समेत आयौ । सबै उमेर समुहका खेलाडी छन् । पहिलो खेलमा आर्मी क्लबविरुद्वको प्रर्दशन आगामी खेलमा समेत दोहरिनेछ । विपक्षीलाई कडा चुनौती दिन्छौ ।
त्रिभुवन आर्मी क्लब : नविन न्यौपाने
सुरुवाती खेलमा सोचको जस्तो खेल्न सकेनौँ । दोस्रो खेलमा केन्द्रित छौ, सोही अनुसारको तयारी गरेका छौँ । पहिलो चरणको खेल हेर्दा कसैलाई कमजोरी सोच्ने अवस्था छैन ।
पहिलो खेलमा एनआरटीसँग बराबरी खेल्न पुग्यौँ । सबै टिम हेर्दा उस्तै देखिएको छ । भोली च्यासलसँग खेल्दैछौ । च्यासलले भर्खरै राईनो गोल्डकप जितेको छ । आक्रमक खेलकासाथ तीन अंक लिन चाहन्छौ । चार्ड पर्वमा समेत छोटो विदा लिएर तयारी गरेका छौँ । तयारी अनुसारको प्रर्दशन भएमा नतिजा निस्कनेछ ।
नेपाल पुलिस क्लब : अनन्तराज थापा
भखरै राइनो कप खेलेर आएका छौँ । कमि कमजोरी थाहा भयो । हाम्रो लक्ष्य उपाधिका लागि हो । सबै खेल चुनौतीपुर्ण छ । टिम युवा खेलाडीले भरिएको छ । संयोजन राम्रो छ । सुमन लामा, अभिषेक रिजाल, निर कुमार, रवि पासवान क्लबका मुख्य हतियार हुन् ।
मछिन्द्र क्लब : घनेश्वर प्रजापति
दशै तिहारपछि मात्रै हाम्रो तयारी सुरु भएको हो । राम्रो तयारी हुन पाएको छैन । सोचेको जस्तो तयारी भएन ।
व्रिगेड ब्वाइज :उज्वल श्रेष्ठ
हाम्रो युवा टिम छ । पहिलो खेल मनाङसंग हार्न पुग्यौ । धेरै गल्ती भयो । गल्तीलाई सुधार गर्दै तयारी गरेका छौ । अबको खेल थ्रीस्टारसंग छ । खेल जित्न गाह्रो छ, तर हामी प्रयास गर्नेछौ ।
थ्री स्टार क्लब : अशोक राई (सहायक)
सबै टिम बराबरीका छन् । हाम्रो तयारी विगत १० महिनाबाट भैरहेको छ । हामीले मोफसलमा पनि ७ प्रतियोगिता जितेका थियौँ । तिहार लगत्तै हामीले तयारी गरेका हौ । तयारी राम्रो छ ।
संकटा क्लब : सल्यान खड्की
दशै तिहार अवधिभर तयारी भएन । राम्रो तयारी गर्न पाएनौ । तर नवलपरासीमा खेलेका थियौ । पुलिससंग पराजित भयौ । तिहार लगत्तै तयारीमा जुटेका हौ । लिगको पहिलो खेलमा भएका कमी कमजोरीलाई सुधार गरेर तयारी अघि बढाएका छौ ।
फ्रेन्ड्स क्लब : रमेश महर्जन
तिहार पछाडी तयारी सुरु गरेका हौ । एक हप्ता भएको छ । टिममा युवा खेलाडी छन् । पहिलो खेलमा थ्रीस्टारसंग पराजित भयौ । तर सोही खेलमा देखाएको टिम स्पिरिटलाई कायम राख्नेछौ ।
एपीएफ क्लब : राजेन्द्र तामाङ
हिमालयन शेर्पासँगको पहिलो खेल बराबरी भयो । त्यही खेललाई हेरेर तयारी थालेका छौ ।
दोस्रो खेल जितका लागि हुनेछ । फ्रेन्ड्सले विदेशी खेलाडी ल्याउने हुदाँ सोही अनुसारको तयारी गरेका छौ ।