काठमाडौं । सिएमजी क्लबको भेट्रान टिमले भारतको गुवाहाटीमा जारी पाँचौं अन्तराष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा जितबाट सुरुवात गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा सिएमजीले दिमापुर भेट्रान क्लबलाई २ - १ गोल अन्तरले हराएको हो । सिएमजीको जितमा दुवै गोल चेतनारायण श्रेष्ठले गरेका थिए ।
यस्तै दोस्रो खेलमा सिएमजीले मेट्रो आसामसंग गोलरहित बराबरी खेलेको टोलीका सदस्य बाल गोपाल महर्जनले जानकारी गराए ।
युनाइटेड ब्रदर्स क्लबको आयोजनामा जारी च्याम्पियनसिप मंसिर २ सम्म आयोजना हुनेछ । च्याम्पियनसिपमा भारतको मनिपुर, भुटान, कोलकत्ता, बंगलादेश, नयाँ दिल्लीका क्लबहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
च्याम्पियनसिपको विजेताले ५० हजार भारतीय रुपैया पाउने छन् । यस्तै उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता पनि पुरस्कृत हुनेछन् ।