काठमाडौं । मनाङ मस्र्याङ्दीका कप्तान सुजल श्रेष्ठ तीन साता मैदान बाहिर रहने भएका छन् । अभ्यासको क्रममा चोट बोकेका सुजल करिब तीन साता बाहिर रहने क्लबले जनाएको छ । अभ्यासको क्रममा उनको हातको जर्नी भाँचिएको देखिएको छ ।
खेलपाटीसंग कुरा गर्दै क्लबमा महासचिव मुखिया लामाले सुजललाई करिब तीन साता आराम गर्न चिकित्सकले आग्रह गरेको बताए । ‘तीन सातापछि सुजल सामान्य अभ्यासमा फर्कन सक्नेछन् । करिब महिना दिन जति उनी मैदान बाहिर रहने छन् ।’ उनले भने ।
राष्ट्रिय टिमका सदस्य समेत रहेका सुजलको नेतृत्वमा मनाङले सहिद स्मारक ए डिभिजन लिगमा सहभागि भएको थियो । उनको अनुपस्थितीमा क्लबको कप्तानी डिफेन्डर विराज महर्जनले समाल्नेछन् ।