काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र सी डिभिजन क्लबका प्रतिनिधिबीच बुधबार भएको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
एन्फाले ए, बी र सी डिभिजन लिग आयोजना गर्ने घोषणा गरेपनि सी डिभिजन लिगको बिषयमा औपचारिक तयारी गरेको थिएन । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा र क्लब प्रतिनिधि भएको बैठकले लिगको मितिसंगै विभिन्न बिषयमा सहमती जुटाएको छ ।
बैठकमा सहभागि एक सहभागिका अनुसार लिगको तयारीका लागि एन्फाले प्रत्येक क्लबलाई ४÷४ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
सी डिभिजन लिगमा ११ क्लबले खेल्नेछन् । सहभागि क्लबलाई दुई समुहमा विभाजन गरेर खेलाईनेछ । समुहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष ४ टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ ।