काठमाण्डौं । ओएसिस र ग्रेट हिमालयन क्रिकेट एकेडेमी कागेश्वरी मनोहरा यु –१६ टी–२० सान क्रिकेट कपको अन्तिमा चारमा पुगेका छन् ।
बुधबार किर्तिपूरस्थित क्रिकेट मैदानमा भएको क्वाटरफाईनल खेलमा ओएसिसले आयोजक सान रातो माथि ७९ रनको जित निकाल्दै सेमिमा स्थान बनाएको हो । टस जितेर ब्याटिङ्ग रोजेको ओएसिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४५ रन बनायो ।
ओएसिसका लागि सुदिप बस्नेतले ३५ रन, आईस भट्टराईले २९ रन, सचिन शर्माले २७ रन र अमित महतोले १२ रन जोडे । बलिङ्गतर्फ सानका दिवाकर कुँवर र सशांक जोशीले समान २ - २ विकेट लिए ।
१४६ रनको लक्ष पछ्याएको आयोजक सान रातो १८.३ ओरमा अल आउट हुंदै ६६ रन मात्र जोड्न सक्यो । सानका लागि सक्रिय कार्कीले २१ बलमा १२ रन जोड्नु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन् । ओएसिसका सुमित श्रेष्ठले ३ विकेट लिए ।
यस्तै आजै हुने भनिएको पहिलो क्वाटरफाइनल खेल केसिटिसी ए उपस्थित नभए पछि ग्रेट हिमालय क्रिकेट एकेडेमीले वाक ओभर प्राप्त गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो ।