एजेन्सी । बार्सिलोना स्पेनिस फुटबलको सबैभन्दा सफल क्लब हो । बार्सिलोनाले क्लब फुटबलका प्राय सबै उपाधिहरु चुमिसकेको छ ।
बार्सिलोनाले २५ पटक स्पेनिस ला लिगा, ३० कोपा डेल रे, १३ सुपर कप, ५ च्याम्पियन्स लिग, ५ युईएफए सुपर कप र ३ पटक फिफा क्लब विश्वकप जितिसकेको छ । अन्य घरेलु कप तथा युरोपियन कपहरु समेत बार्सिलोनाले हात पारिसकेका छन् ।
स्पेन र युरोपमै सफल क्लब बार्सिलोनासंग विश्व स्तरीय खेलाडीहरु अनुबन्धन गर्ने क्षमता छ । त्यसैले पछिल्लो पाँच सिजन यता बार्सिलोनाले खेलाडीका लागि हरेक साता ७३१.४७ मिलियन पाउण्ड बढी रकम खर्च गर्दै आईरहेको छ ।
पछिल्लो समय बार्सिलोना ला लिगाको सबैभन्दा धेरै खर्च गर्ने टिममा पर्छ । जसको कारण बार्सिलोनासंग धेरै विश्व चर्चित खेलाडीहरु छन् । विश्वका महंगा खेलाडीहरु ठुलो रकममा बार्सिलोनासंग आबद्द छन् ।
बार्सिलोनामा सर्वाधिक पारिश्रमिक लिने खेलाडी धेरै छन् । जसमध्ये तीन खेलाडीको हामी चर्चा गर्नेछौं ।
बार्सिलोनामा सर्वाधिक पारिश्रमिक पाउने तीन खेलाडी -
१.लियोनल मेस्सी
२.लुइस स्वारेज
३.फिलिपे कौटिन्हो
३. फिलिपे कौटिन्हो
ब्राजिलियन मिडफिल्डर कौटिन्होले बार्सिलोनामा सर्वाधिक पारिश्रमिक पाउने तेस्रा खेलाडी हुन् । उनले बार्सिलोनामा हरेक साता २०० मिलियन पाउण्ड पारिश्रमिक पाउने गर्छन ।
कौटिन्होले आफ्नो व्यावसायिक फुटबल जीवनको सुरुवात इटालियन क्लब इन्टर मिलानबाट गरेका थिए । उनि सन् २०१३ मा इंग्लिश क्लब लिभरपुलमा अनुबन्धित भएका थिए । लिभरपुल आएपछी कौटिन्हो प्रिमियर लिगका उत्कृष्ट मिडफिल्डर साबित भए ।
कौटिन्होको उत्कृष्ट खेल प्रदर्शनबाट प्रभावित भएर बार्सिलोनाले उनलाई यसै सिजनको सुरुवातमा १४२ मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गरेको हो । कौटिन्होले बार्सिलोनाबाट २९ खेल खेल्दै १२ गोल गरिसकेका छन् । त्यसैले उनले बार्सिलोनामा महँगो पारिश्रमिक लिने गर्छन् ।
२. लुइस स्वारेज
उरुग्वेका फरवार्ड लुइस स्वारेजले बार्सिलोनामा धेरै पारिश्रमिक पाउने दोस्रो खेलाडी हुन् । उनले बार्सिलोनामा हरेक साता २९० मिलियन पाउण्ड पारिश्रमिक पाउने गर्छन् ।
स्वारेज सन् २०१४ मा इंग्लिश क्लब लिभरपुलबाटै ७५ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए । विश्वकै उत्कृष्ट स्ट्राइकरको सूचीमा पर्ने स्वारेजले बार्सिलोनाबाट २१४ खेल खेल्दै १६१ गोल गरिसकेका छन् ।
स्वारेजले बार्सिलोनाबाट तीन पटक ला लिगा, चार कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । स्वारेज सन् २०१५–०१६ का युरोपियन गोल्डेन बुट विजेता र तीन बर्ष यताकै ला लिगामा धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् ।
स्वारेज सन् २०१५–२०१६ को ला लिगा प्लेयर अफ दि सिजन बनेका थिए । यस्तै उनले तीन पटक ला लिगा प्लेअर अफ दि मन्थ अवार्ड जितिसकेका छन् ।
१. लियोनल मेस्सी
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडीमा गनिन्छन् । बार्सिलोनाबाटै फुटबल करियर सुरु गरेका मेस्सी सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको सूचीको पहिलो स्थानमा पर्छन ।
बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले हरेक साता ५०० मिलियन पाउण्ड पारिश्रमिक बुझ्ने गर्छन् । मेस्सी बार्सिलोनाका मात्र नभई विश्व फुटबलकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडीमा पर्दछन् ।
बार्सिलोनाको एकेडमीमा हुर्किएका मेस्सीले सन् २००४ बाट सिनियर टोलीमा डेब्यु गरेका थिए । मेस्सी अहिले बार्सिलोनाको एक मुख्य अंगका रुपमा रहेका छन् ।
मेस्सीले बार्सिलोनाबाट ६४९ खेल खेल्दै ५६४ गोल गरिसकेका छन् । मेस्सीले बार्सिलोनाबाट ९ पटक ला लिगा, चार च्याम्पियन्स लिग, ६ कोपा डेल रे र ८ सुपर कप जितिसकेका छन् ।
पाँच पटकका बालोन डि'ओर विजेता मेस्सी ला लिगाका स्वर्धिक गोलकर्ता खेलाडी हुन् । मेस्सीले सन् २०१२ मा एकै सिजन ९१ गोल गर्दै गिनीज बुकमा नाम लेखाएका थिए ।
एजेन्सीको सहयोगमा